समाचार

सिंहदरबारको गेटमा प्रदर्शन, कृष्ण पहाडीसहित २५ जना पक्राउ

काठमाडौं / मानवअधिकारकर्मीले सिंहदरबारको दक्षीण गेट अगाडि प्रदर्शन गरेका छन्। सरकारले काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्नेलगायतका निर्णय गरेपछि त्यसको बिरोधमा दैनिक प्रर्दशन गर्दै आएका मानव अधिकारकर्मीले मंगलबार एक घण्टा सिंहदरबारको दक्षिण गेटअघि धर्ना दिएका हुन।

सरकार स्वेच्छाचारी बन्दै गएपछि त्यसलाई रोक्न विरोध प्रर्दशनमा उत्रनु परेको मानव अधिकारकर्मी कृष्ण पहाडीले बाए। उनले सत्याग्रह प्रतिकूल र हिंसाप्रति नरम हुने खालको सरकारको व्यवहार देखिएको भन्दै आपत्ति पनि जनाए।

यसैबीच, निषेधित क्षेत्र तोडेर धर्नामा सहभागी भएका पहाडीसहित २५ जना मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मानव अधिकारकर्मीहरुले वरिष्ठ चिकित्सक गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षा गर्न समेत सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *