समाचारस्वास्थ्य

डा.केसीको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रीको निर्देशन

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको समग्र बेथितीलाई सुधार गर्न अनशनरत डा. गोविन्द केसीको उपचारको लागि कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रीले चिकित्सकहरुलाईे निर्देशन दिएका छन् । यसअघि आज बिहान मन्त्री यादवको निर्देशनमा काठमाडौंबाट डा. जीवन थापा र डा. सुभाष सुवेदीलाई डा.केसीको उपचारका लागि जुम्ला पठाईसकीएको छ ।

स्वास्थ्य मन्त्री यादवले डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुलाई तत्काल काममा फर्किन र बिरामीहरुको सेवामा खटिन निर्देशन दिएका छन् ।साथै उनले उपचार पाउने नैशर्गिक अधिकारबाट जनतालाई बञ्चित नगर्न आग्रह गर्दै अत्यावश्यक सेवा बन्द गरी आन्दोलन जारी राखेमा कानुन अनुसार कारबाही गरिने चेतावनी पनि दिएका छन् ।

स्वास्थ्यमन्त्री यादवको स्वकीय सचिव चौरसियाले चिकित्सा क्षेत्र सुधारको विषय अन्य मन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने भएको कारण शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग यसबारे थप छलफल भईरहेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *