समाचार

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक ६ दिने राजकीय भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्कंदै छन् । गत ५ असारमा चीन प्रस्थान गरेका उनले चिनियाँ राष्ट्रपति सी जिन पिङ, चिनियाँ समकक्षी ली खछ्याङलगायतसँग भेटवार्ता गरेका थिए । चीन भ्रमणका क्रममा दुई देशबीच १४ बुँदे सम्झौता भएको छ ।

भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल परियोजना, दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, दुई देशबीचको सम्बन्ध मजबुत बनाउने सम्झौता, कार्गो सञ्चालनमा तिब्बतको राजमार्ग प्रयोगसम्बन्धी सम्झौता, रसुवागढीमा पुल निर्माण सहयोग सम्झौता, मितेरीपुल निर्माण सहयोग सम्झौता, ऊर्जा सहकार्य गर्ने विषयमा सहमति, उत्पादनमा लगानी तथा सहकार्य सम्झौता, मानव स्रोत सहकार्यसम्बन्धी सम्झौता, आर्थिक र प्राविधिक सहकार्यसम्बन्धी सम्झौता भएका छन् ।

दुई देशबीच नुवाकोट दरबार क्षेत्रको पुनः निर्माण तथा रसुवा, दोलखा, सिन्धुपाल्चोकका सार्वजनिक विद्यालय पुनर्निर्माणसम्बन्धी पत्र आदानप्रदान भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *