खेलकुद

अर्जेन्टिना र आइसल्याण्ड बराबरी, मेसीले पेनाल्टी मिस गरे

काठमाडौं, २ असार ।फिफा विश्वकपको समूह ’डी’ को अर्जेन्टिना र आइसल्याण्डविचको पहिलो खेल एक—एक गोलको बराबरीमा सकिएको छ ।

विश्वकपको उपाधी दाबेदार मानिएको साबिक उपविजेता अर्जेन्टिनालाई आइसल्याण्डले १—१ गोलको बराबरीमा रोकेको हो । खेलको १९ औं मिनेटमा अर्जेन्टिनाका लागी सर्जियो अग्युइरोले पहिलो गोल गदै टिमलाई अग्रता दिलाएका थिए । तर अर्जेन्टिनाको अग्रता धेरै बेर टिकेन।

२३ औ मिनेटमा आइसल्याण्डका अल्फ्रेड फिन्बोगोसोनले गोल गदै खेलमा १-१ को बराबरी गरे। त्यस्तै खेलको दोस्रो हाफमा आइसल्यान्डमाथी निरन्तर दबाब कायम गरेपनि अर्जेन्टिनाले थप गोल गर्न सकेन। उसले पेनाल्टी मार्फत पाएको मौकालाई समेत सदुपयोग गर्न सकेनन्।

विश्वकप फुटबल अन्तर्गत शनिबारको दोस्रो खेलमा अर्जेन्टिनाले पाएको पेनाल्टी मेसीले मिस गरे। खेलको ६४ औं मिनेटमा पाएको पेनाल्टी मेसीले मिस गरेका हुन्। यो सँगै मेसीले खेलमा अग्रता लिने मौका गुमायो र आइसल्यान्डसँग १-१ अंक बाढ्न बाध्य भयो।

धेरैले अर्जेन्टिनाको लागि सहग जीत हुने अनुमान गरिएपनि आइसल्यान्डका खेलाडीले अर्जेन्टिनी आक्रमणलाई निरन्तर असफल पारे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *