खेलकुदमनोरञ्जन

रसियामा विश्वकप, नेपालमा ‘शोअप’

काठमाडौं । २१ औं संस्करणमा विश्वकप फूटबल रसियामा सुरु हुनुपूर्व नै विश्वभर आफुले समर्थन गरेका विभिन्न देशका जर्सीको अर्बौंको व्यापार भइसकेको छ ।

विश्वकपको यो ज्वरोले नेपाललाई पनि छोएको छ । मन परेका टोलीको जर्सी किन्ने लगाउने र चर्चा गर्ने कम छैनन् । यतिमात्र होइन, मनोरञ्जन क्षेत्रका पत्रपत्रिकाले यसैलाई ग्ल्यामर पोजका रूपमा पनि व्यापारको आधार बनाएका छन् ।

शुक्रबार साप्ताहिकले ब्राजिलको जर्सीको ग्ल्यामर पोजमा मोडल शिवानी गिरीलाई प्रस्तुत गरेको छ । त्यस्तै सम्पूर्ण साप्ताहिकले सुजाता थापालाई क्लिभेज पोजमा अगाडी सारेको छ, जसले जर्मनीको जर्सीमा सुट गराएकी छन् । त्यस्तै मोडल सुष्मा अधिकारीले अर्जेन्टिनाको जर्सीमा फोटो सुट गराएकी छन् ।

यो ज्वरोले पत्रपत्रिका मात्र होइन, विभिन्न अनलाईन समाचार माध्यमलाई पनि छोएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *