खेलकुद

मेक्सिकोलाइ हराउँदै ब्राजिल क्वार्टरफाइनलमा

काठमाडाैं – पाँच पल्टको विश्वविजेता ब्राजिल रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेस गरेको छ। शिर्ष १६ अन्तर्गत मेक्सिको विरुद्ध सोमबार भएको खेलमा जित हात पार्दै ब्राजिलले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

रुसको सामरा स्थित सामरा रङ्गशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोश्रो हाफको ५१ औं मिनेटमा नेयमारले गोल गर्दैै आफ्नो टोलीलाई अग्रता दिलाए। नेयमारले विलियनको पास सदुपयोग गर्दै गोलपोष्ट नजिकैबाट गोल गरेका थिए। नेयमारको गोलसँगै १-० ले पछि परेको मेक्सिकोले त्यसपछि खेलमा फर्कन गरेका प्रयास सफल हुन सकेनन् भने यता ब्राजिलले आफ्नो आक्रामक प्रदर्शन जारी राख्दा खेलको निर्धारित समय सकिन २ मिनेट अघि अर्को गोल थप्यो। ब्राजिलकालागि खेलको ८६ औं मिनेटमा कौटिन्होका स्थानमा मैदान छिरेका रोबर्टो फर्मिनोले त्यसको २ मिनेटपछिनै गोल गर्दै अग्रता दोब्बर बनाए।

सोमबारको जितसँगै क्वार्टरफाइनल प्रवेस गरेको ब्राजिलले सोमबारनै पौने १२ बजे हुने जापान र बेल्जियमबीचको खेलको विजेतासँग क्वार्टरफाइनलमा प्रतिष्पर्धा गर्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *