जुम्लामा तारा एअरको विमान दुर्घटना

अ+
अ
अ-

काठमाडौँ । जुम्लामा तारा एअरको विमान दुर्घटनामा परेको छ । ९एमएइभी कल साइन भएको तारा एअरको विमान शनिबार दिउँसो सवा तीन बजे अवतरणको क्रममा जुम्ला विमानस्थलमा दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बाह्रखरीलाई जानकारी दिए ।

विमान अवतरणका क्रममा धावनमार्गमा अघिल्लो भागको चक्का पन्चर भएर धावनमार्गमा नोज ठोक्किन पुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ । चालक दलका दुई सदस्यसहित विमानमा १६ यात्रु सवार रहेको बताइएको छ ।

“विमान दुर्घटनामा परेको हो तर मानवीय क्षती छैन,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुराले पनि दुर्घटनाको पुष्टि गर्दै भने ।