फेटामा अस्पताल उद्घाटनका क्रममा झडप, गोली चल्दा युवक घाइते, पाँच प्रहरी पनि घाइते

अ+
अ
अ-

बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटनका क्रममा विवाद हुँदा झडप भएको थियो । झडपका क्रममा प्रहरीले गोली चलाउँदा एक युवक घाइते भएका छन्। घटनामा पाँच जना प्रहरीसमेत घाइते भएका छन्। घाइतेहरूको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।

फेटा गाउँपालिकास्थित नवनिर्मित अस्पताल उद्घाटनका क्रममा शिलालेखमा नाम राख्ने तथा हटाउने विषयलाई लिएर विवाद सुरु भएको थियो। विवादले उग्र रूप लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको बताइएको छ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा नेतृ समीक्षा बास्कोटा प्रमुख अतिथिका रूपमा उपस्थित हुने कार्यक्रम तय गरिएको थियो।

मधेस प्रदेश प्रहरीका प्रवक्ताका अनुसार फेटा गाउँपालिकाका निवर्तमान अध्यक्ष अमिरलाल साह कानुको नेतृत्वमा करिब १५० देखि २५० जनाको समूह आएर आक्रमण गरेको थिए। उक्त समूहले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको प्रहरीको भनाइ छ।