दश दिनदेखि बेपत्ता बालक मृत फेला

अ+
अ
अ-

दश दिनदेखि बेपत्ता सात वर्षीय बालक साकेत झा मृत फेला परेका छन् । धनुषाको नगराइन नगरपालिका–७, देवडिहाबाट उनी यही कात्तिक ४ गते विजया दशमीका दिनदेखि बेपत्ता भएका थिए ।

घरबाट करिब अढाई किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा आज बालकको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार स्थानीयले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

साकेत लामो समयसम्म घर नफर्किएपछि परिवारजनले खोजीका लागि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले नजिकका गाउँ, पोखरी, झाडी तथा आसपासका विभिन्न स्थानमा खोजी गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।