मूल्य वृद्धिको विरोधमा नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला

अ+
अ
अ-

काठमाडौँ, २४ जेठ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले बिहिबार ललितपुरको पाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध आन्दोलित बनेको नेविसंघले विरोध स्वरुप प्रधानमन्त्री ओलीको पुत्ला जलाएको बताएको छ । संघका विद्यार्थी नेता, कार्यकर्ताले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता नगरे सरकारविरुद्ध अझै कडा आन्दोलनमा जान बाध्य हुने चेनावनीसहित चर्का नाराबाजी गरेका थिए ।