सञ्चारमाध्यममा विज्ञापनको बक्यौता तत्काल उठाउन निर्देशन – मन्त्री बाँस्कोटाल

gd:t] qm]l86 ;]jfsf] pb3f6g ;~rf/ tyf ;"rgf k|ljlw /fHodGqL uf]s'n afF:sf]6f gd:t] qm]l86 ;]jfsf] pb3f6g sfo{qmddf dGtJo JoQm ub}{ . ;fydf 6]lnsdsL k|aGw lgb]{zs sfldgL /fhe08f/L . g]kfn 6]lnsdn] z'qmaf/b]lv gd:t] lk|k]8 df]afOn k|of]ustf{nfO{ ;fk6L lng ldNg] ;'ljwf k|bfg u/]sf] 5 . t:jL/ M k|bLk/fh jGt, /f;;
अ+
अ
अ-

काठमाडौँ, रासस । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चार माध्यममा विज्ञापन दिएर वर्षौंसम्म भुक्तानी नदिनेलाई कारवाही गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा पद बहालीपछि आयोजित कार्यक्रममा उनले नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र संस्थानका विज्ञापनको बक्यौता उठ्नुपर्ने रकम तत्काल उठाउन र वर्षौंसम्म बेरुजु नराख्न निर्देशन दिए ।
मन्त्री बाँस्कोटाले भने, “विज्ञापन दिएर नतिर्नेलाई समयमा काम नगर्ने ठेगदारलाई झैँ पाता फर्काइन्छ । सुशासनमा कुनै सम्झौता हुँदैन । अनुगमनको नाममा छड्के गरेर तस्वीर छपाउने पक्षमा म छैन । त्यो काम प्राविधिक समूहले गर्छ । मलाई कसले कहाँ के गरेको छ, सबै सूचना आएको हुन्छ । मैले गर्नुपर्ने कारवाही टेबुलबाटै गर्छु । गल्ती गरेमा मेरै पार्टी निकट छ भने पनि कारवाही हुन्छ ।”

काठमाडौँ उपत्यकाकै कतिपय स्थानमा नेपाल टेलिकमको टावर नटिप्ने समस्या कायमै रहनु र सूचना विभागको नयाँ डायरी जेठ तेस्रो सातासम्म पनि प्रकाशन नहुनुले कामको प्रभावकारिता नदेखिएको उनले बताए । यसअघि सोही मन्त्रालयमा राज्यमन्त्री रहेका बाँस्कोटा गत शुक्रबार मन्त्रीमा नियुक्त भएका थिए ।