समाचार
पदीय चुनौतीलाई अवसरमा परिणत गर्छु: सर्बेन्द्र खनाल

काठमाडौं, २९ चैत। नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक सर्बेन्द्र खनालले प्रहरी सेवाको गुणस्तरीयता र विश्वसनियता बढाउने भन्दै पदीय चुनौतीलाई अवसरमा परिणत गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहिबार दज्र्यानी चिन्ह लगाएपछि गृह मन्त्रालयमा बोल्दै उनले प्रहरीको छवीलाई उच्च बनाउने बताए।
‘नेपाल प्रहरीको नेतृत्व प्राप्त हुँदा गौरव लाग्नु स्वभाविक हो, यस पदलाई मैले थप जिम्मेवारीबोधका रूपमा ग्रहण गरेको छु,’ खनालले भने,‘पदीय चुनौतीलाई अवसरमा परिणत गर्ने सत्प्रयास हुने छ।’
सहकर्मीहरुलाई साथमा लिएर पारदर्शीता र जवाफदेहित बढाउने र अकर्मन्यता पूर्णत निर्मूल बनाउने आफ्नो अठोट रहेको उनले सार्वजनिक गरे। सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई बधाई दिदै सशस्त्र प्रहरी बलसँगको सहकार्य अझै बिस्तारीत हुने बताए।
