समाचार

साझा यातायातले रत्नपार्कदेखि बनेपासम्म सेवा दिने

काठमाडौं-साझा यातायातले तत्कालको समस्या समाधान गर्ने गरि रत्नपाक देखि वनेपासम्म वस सञ्चालनमा ल्याउने भएको छ ।

सिण्डीकेटको पक्षमा रहेका यातायात व्यवसायीले कोटेश्वर पुर्वका सार्वजनिक सवारी साधन रोकेका छन् ।

मयुर यातायातले धुलिखेलसम्मको रुट इजाजत पाएपछि अन्य यातायात व्यवसायी विरोधमा उत्रेका थिए ।

अरनिको यातायातका ११ समितीले वस रोकेपछि साझाले आफ्ना वस उक्त रुटमा चलाउने भएको हो ।

साझाले यात्रुहरुको असुविधालाई ध्यानमा राखेर रत्नपार्कदेखि बनेपासम्म सेवा विस्तार गर्न लागेको वताइएको छ ।

साझाले १६ वस बनेपासम्म सञ्चालन गर्न लागेको लेखा अधिकृत गोपाल प्रसाद पन्तले वताए । विहिवारदेखि धुलिखेलसम्म साझाका वसहरु चल्ने उनले वताए ।

कोटेश्वरपूर्वका १० वटा समितिले अरनिको राजमार्गमा बस संचालन नगरेपछि सरकारले अन्य व्यवसायीहरुलाई धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ ।

यातायात व्यवस्था विभागले अरनिको राजमार्ग अन्तरगतको धुलिखेलसम्मको रुट इजाजत लिन आउन यातायात व्यवसायीहरुलाई बुधबार आह्वान गरेको हो ।

यस रुटमा चल्ने धेरैजसो यातायात सेवा समितिले बस संचालन गर्न अटेर गरेपछि अन्य यातायात संचालकहरुलाई पनि धुलिखेलसम्मको रुट इजाजत लिन आह्वान गरिएको विभागका निर्देशक तुलसीराम अर्यालले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *