समाचार
नेपाली काङ्ग्रेस काभ्रे १ का उमेदवार माेक्तानकाे परिचय

माघ २७ मंगलबार ,२०८२
काभ्रेपलान्चोक । नेपाली कांग्रेसको तर्फबाट काभ्रे प्रतिनिधीसभा सदस्य १का उमेद्वार गुणराज मुक्तान रोशी गाउँपालिका वार्ड न १२ शिखरपुरमा २०४२ साल माघ ११ गते जन्मनु भएको हो । पिता जितबहादुर मुक्तान र माता हिरामाया काल्तानका सुपुत्र उहाँ नेपाली कांग्रेस काभ्रेका जिल्ला कार्यसमिति सचिव हुनुहुन्छ ।
माेक्तानकाे राजनीतिक यात्रा
२०५८ सालमा कोटेश्वर बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघको सदस्य भई राजनीतिक यात्रा आरम्भ गर्नु भएका मुक्तान २०६१ मा नेविसंघ काभ्रे क्षेत्र न १ को सभापति भएर २ कार्यकाल नेतृत्व गर्नु भयो । साबिक भीमखोरी गाउँ इकाईको सभापति हुँदै १२ औं र १३ औं महाधिबेशनमा नेपाली कांग्रेस काभ्रे क्षेत्र न १ को सचिव पदमा रहनु भएको थियो। मुक्तान १४ औं महाधिबेशनमा नेपाली कांग्रेस काभ्रेको सचिव पदमा अत्यधिक मतका साथ निर्वाचित हुनु भयो ।
सामाजिक सेवामा माेक्तान
सामाजिक क्षेत्रमा क्रियाशील मुक्तान नाङसाल एसोसियसनकाे अध्यक्ष, बिद्यालय व्यवस्थापन महासंघ नेपालको केन्द्रिय अध्यक्ष, बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य, उच्च स्तरीय शिक्षा आयोगको सदस्य भई सामाजिक एवं शैशिक विकासमा योगदान पुर्याउनु भएको छ।
शैक्षिक याेग्यता
शैक्षिक योजना तथा व्यस्थापनमा स्नातकोत्तर, विकास अध्ययनमा एफफिल र विधालय शासन पद्दतिमा विधावारिधि गरिरहनु भएका युवा नेता मुक्तान जिल्लामा उच्च शैक्षिक योग्यता पुगेका नेताका रुपमा परिचित हुनुहुन्छ । स्थानीय विकास, शासकीय पद्दतिमा तल्लो तहदेखि राष्ट्रियस्तरसम्म योजना र नीतिमा विज्ञता प्राप्त गर्नु भएका उहाँ जनमानसमा नजिक हुँदै र राष्ट्रिय राजनीतिलाई सहि ढंगले विश्लेषण गर्न सक्ने नेताका रुपमा सुपरिचित हुनुहुन्छ
