समाचार
शेयर बजार: दोहोरो अङ्कले घट्यो
काठमाडौँ,१३ माघ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११।८४ विन्दुले घटेर एक हजार १६०।९३ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।३१ विन्दुले घटेर २४६।३५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख ७९ हजार ५८० कित्ता शेयर रु ३० करोड ३० लाख ३६ हजार ८८८ मूल्यमा खरीद बिक्री भए ।

