समाचार

`कवि लामाको“कमाण्डर कमरेड बाेल्दैन´´कृति लाेकार्पण

असार,२८ शनिबार २०८०
काभ्रेपलान्चोक । प्रगतिशिल लेखक संघ काभ्रेका अध्यक्ष तथा कवि रक्तिम लामाकाे दाेस्राे कविता सङ्ग्रह“ कमान्डर कमरेड बाेल्दैन्´´ लाेकार्पण भएको छ। आज बनेपा नगरपालिकाकाे सभा हलमा कृतिकाे लाेकार्पण गरिएको हो ।

प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मात्रीका प्रसाद पाेखरेलकाे प्रमुख आतिथ्यतामा ,विशिष्ट अतिथि स्रष्टा समिक्षक नन्दु उप्रेती,अतिथिहरु दिल पौडेल , भवानी पाण्डे , गीति मन्जुरी मच्छेश्वर सापकोटा,शिक्षाविद शिशिर भण्डारी लगायतले संयुक्तरूपमा कृतिकाे लाेकार्पण गर्नु भएको थियो ।

कार्यक्रममा नियमित काव्य गाेष्ठी गरिएको थियो । वाचित रचनाहरु प्रती प्रमुख अतिथि मात्रीका पाेखरेलले समीक्षा गर्नु भएको थियो । उहाँले वाचित रचनाहरु उत्कृष्ट , सान्दर्भिक भएको तर सरलताकाे नाममा कविताकाे चुराेलाई छाेड्न नहुने भन्दै कविहरुलाई सचेत गराउनु भयो ।

दुई सय मूल्य रहेकाे कृतिमा ९८ वटा प्रगतिशिल तथा क्रान्तिकारी कविताहरु समावेश गरिएको छ। कवितामा देशकाे माटाे, गाउँकाे स्वादिलो आँटाे , विद्रोह , आक्राेश, ,राजनीति र एकात्मक शासन माथि प्रश्न उठान गरिनुले कविमा सकारात्मक विद्रोहकाे चेतना विकास उच्च रहेको समिक्षक नन्दु उप्रेतीले बताउनु भयो ।

यस पटककाे`स्रष्टा विशेषमा´कवि लामाका ५ कवितालाई स्थान दिइएको थियो । उहाँको रचना माथि प्राज्ञ नन्दु उप्रेतीले समिक्षात्मक टिप्पणी गर्नु भएको हो । कार्यक्रममा उपस्थिति कवि तथा रचना वाचकहरुले कवि लामालाई शुभकामना तथा बधाई दिदै उहाँको आगामी दिन झन उज्ज्वल हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रगतिशिल लेखक संघ काभ्रेले नियमित गर्दै आएको ११अौ काव्य गाेष्ठी श्रृङखलामा विभिन्न कविहरुले आ- आफ्नो रचना वाचन गर्नु भएको थियो । कविहरु क्रमश: दिल पौडेल ,मुरहरी रायमाझी ,केशब ज्ञवाली`आगत´,भवानी पाण्डे , केशब घिमिरे ,गरिमा अधिकारी , विद्याेदय घिमिरे , रक्तिम लामा सुशिला विष्ट, कालिका त्रिपाठी ,गाेविन्द मैनाली ,अनामिका सजल, मच्छेश्वर सापकोटा ,हरि प्रसाद चौलागाँई,बुद्धि मान तामाङ दिनेश खरेल केदार नाथ तिमल्सिनाले आफ्ना सुन्दर रचनाहरु सुनाउनु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *