समाचार
बाली बिगार्ने मात्रै बाँदर होइनन् देश बिगार्ने पनि उहि हुन् :- सांसद श्रेष्ठ

फागुन १४ बुधबार ,२०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिराज भक्त श्रेष्ठले देश बिगार्ने नेताहरुलाई बादरकाे संज्ञा दिनु भएको छ। मंगलबार संसदमा आफ्ना कुरा राख्ने क्रममा श्रेष्ठले किसानकाे बाली बिगार्ने बादरलाई जस्तै देश बिगार्ने बादरहरुलाई पनि कार्वाही गर्नु पर्ने बताउनु भएको हो ।
उहाँले किसानकाे बाली ,बिरुवा जंगली जनावर बादर तथा बँदेलले नष्ट गरेकाले यसकाे नियन्त्रणमा सरकारले केही उपाय अबलम्बन गर्नु पर्ने भन्ने विषयमा धारणा राख्नु भएको थियो । विषयमा प्रवेश गर्नु भन्दा अगाडी श्रेष्ठले नेताहरुले देश बिगारेकोमा असन्तुष्टि जनाउनु भयो ।
उहाँले भन्नू भयो ,` बादरले बाली नष्ट गरेकाे छ, यसकाे उपाए निकाल्न संसदमा छलफल गर्नु पर्याे,तर देश बिगार्ने बादर नेताहरुलाई कार्वाही किन नगर्ने ? श्रेष्ठले बादर तर्साउन बन्दुक राख्नु परे जस्तै बन्दुक राख्न पर्ने हो कि भनी प्रश्न गर्नु भएको थियाे ।