समाचार
विश्व युवा सम्मेलनकाे अन्तिम तयारी, ३ लाख मानिसले अबलोकन गर्ने अनुमान

माघ९ बुधबार ,२०८१
काभ्रेपलान्चोक । नेपालकाे ऐतिहासिक तथा पहिलो` विश्व युवा सम्मेलन ´काभ्रेपलान्चोक जिल्लामा हुने तयारी भइरहेको छ। जिल्ला समन्वय समिति काभ्रेको संयाेजनमा चैत १४ गते देखि १८ गते सम्म युवा सम्मेलन हुन लागेको आयाेजकले बताएकाे छ। `युवा सम्मेलन´ स्थल काठमाडौ विश्वविद्यालय परिसरलाई छनौट गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
विश्व युवा सम्मेलनकाे ६३ दिन बाँकी रहँदै यसकाे सम्पुर्ण तयारी पूरा हुन लागेकाे आयाेजक संस्थाका संयाेजक तथा जिल्ला सम्मेलन समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले जानकारी दिनु भयो । उहाँकाअनुसार ,उक्त सम्मेलनमा देह ,विदेशबाट एकलाख बढी युवाहरु सहभागी हुने छन् । विश्वभरका ७५ वटा राष्ट्रलाई सहभागीताकाे निम्ति खबर गरिसकिएको छ भने सम्मेलन अबधि भर २ सय जना विज्ञ वक्ताले बाेल्ने छन् । विश्वमा विद्यमान युवाहरुकाे विविध समस्या र त्यसकाे समाधान र सुझावको बारेमा छलफल चलाइने छ।
कार्यक्रमलाई पुर्ण रुपमा प्रविधि मैत्री बनाइनुका साथै साे कार्यक्रम ३ लाख जनाले अबलोकन गर्ने अनुमान गरिएको छ। देशका ७ सय५३ वटै स्थानीय पालिकहरुले उपस्थिति जनाउने छन् । आयोजक संस्था जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले , सम्मेलनलाई पचास भन्दा धेरै विभिन्न कार्यक्रमले थप रौनकता बनाउने विश्वास व्यक्त गर्नु भएको छ।
विश्वविद्यालय परिसर भित्र जुनसुकै स्थानमा बसेर साे सम्मेलन हेर्ने र सहभागीता जनाउन सकिने छ। त्यसका निम्ति काठमाडौ विश्वविद्यालयकाे प्रविधीक टाेलिले कामलाई तिव्रता दिइरहेका छन् । विविध स्टलहरुकाे अबलोकन गर्न पाउने भएकोले कार्यक्रमलाई महत्त्व प्रदान गर्ने छ।
विभिन्न गीत संगितमा कन्सर्ट हुने छ। कविता प्रतियाेगिता, कृषि उत्पादन र सामाग्रीहरु, पर्यटनसंग सम्वन्धित , कला संस्कृति झल्कने झाँकी तथा प्रदर्शनि हुनुका साथै पाहुनालाई काभ्रेका पर्यटकीय र ऐतिहासिक स्थल घुमाइने छ ।पाहुनाले स्थानीय खाना खाजा खान पाउने छन् भने हाेमस्टेहरुमा न्यानो स्वागत गरिने छ।
