समाचार
उपसभामुखकाे पक्षमा उभियाे माओवादी,कार्यकारी प्रधानमन्त्रीमा बहस गर्न आग्रह

भाद्र ,२५ मंगलबार
काठमाडौ । सरकारले संघीय संसद मार्फत उपसभामुख इन्दिरा राना माथि लगाउन खाेजेकाे महाअभियाेग प्रस्तावलाई नेकपा माओवाद केन्दले प्रतिकार गरेको छ। आज बसेकाे प्रतिनिधी सभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले उपसभामुख माथि लगाउने भनेकाे महाअभियाेगकाे डटेर प्रतिकार गर्नु भएको हो ।
उहाँले, एउटा महिला माथि प्रश्न उठेकै भरमा हटाउने नियत हो भने सबैका एउटा न एउटा विषयमा प्रश्न उठेका छन् ,ती सबैले राजिनामा दिनु हुन्छ भनी साेध्नु भएको छ । पौडेलले भन्नू भयो ,`सत्ता गठबन्धनले राता रात संविधान संशाेधन लगायतका गलत कार्य गर्न लागेका छन् । संविधान धार्मिक ग्रन्थ नभएको भन्दै संसदमा बहस गरेर नै संशाेधन गर्न सकिन्छ। तर किन लुकि लुकि गरेकाे ? तपाईंहरुलाई स्विकार्य छ भने जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा बहस गरौ ।नत्र प्रश्न उठदैमा दुई तिहाइकाे भरमा जे पनि नगर्न सत्ता गठबन्धनलाई चेतावनी दिनु भएको छ।´ उपसभामुखकाे पक्षमा माओवाद उभिने र सहयोग गर्ने भन्दै उपसभामुख लाई नआँत्तिन उहाँले आग्रह गर्नु भएको छ।
उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेख्नु भएको थियो ।

