समाचार

भुम्लुकाे बुद्ध चित्त र रुद्राक्ष माला प्रबर्दनमा पालिकाकाे पहिलो सुरुवात

कार्तिक २८ बुधबार ,२०८१
काभ्रेपलान्चोक । जिल्लाको भुम्लु गाउँपालिकामा ऐतिहासिक र धार्मिक महत्त्व बाेकेकाे तिर्थस्थल मुलखर्क भिमसेनस्थानमा हरिबाेधनी एकादशीमा लाग्ने मेला सम्पन्न भएको छ। उक्त मन्दिरमा प्रत्येक वर्ष हरिबाेधनी एकादशी र दशैकाे फुलपातीदेखि नवमीसम्म दर्शर्णाथीहरुकाे भिड लाग्ने गरेकाे छ।

मन्दिरमा भुम्लु गाउँपालिकाले हरिबाेधनी एकादशीकाे दिन भब्य कार्यक्रम आयाेजना गर्ने गरेकाे छ। यस वर्ष पनि साे कार्यले निरन्तरता पाएकाे हो । पालिकाले मन्दिरमा पुजारी मार्फत विशेष पुजा गराउनुका साथै भक्तजनहरुका निम्ति विभिन्न धार्मिक र साँस्कृतिक कार्यक्रम मार्फत मेला महाेत्सव गरी मनाेरञ्जन प्रदान गर्ने गरेको छ।

उक्त मेला बागमती प्रदेशका पुर्व श्रम ,राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालकाे प्रमुख आतिथ्थतामा सम्पन्न भएको थियो । बागमती प्रदेशका सांसद समेत रहनु भएका लम्सालले कार्यक्रममा सम्बाेधन गर्दै उपस्थित भक्तजनलाई शुभकामना दिनु भएको थियो । उहाँले ,` मुलखर्क भिमसेनस्थानकाे छुट्टै ऐतिहासिक र सँास्कृतिक महत्त्व रहेको प्रस्ट पार्नु भयो । मन्दिरकाे भौतिक संरचना विकास र संरक्षणकाे निम्ति आफ्नो ठाउँबाट सक्दाे सहयोग गर्ने प्रतिबद्दता जनाउनु भएको छ।

भौगोलिक हिसाबले पालिकाकाे उच्च स्थानमा अबस्थित मन्दिर मुलखर्क भिमसेनस्थानमा एकादशीको अबसरमा पालिका भित्र पाइने बुद्ध चित्त माला र रुद्राक्षको माला चढाउने कार्यकाे सुरुवात गरिएको छ। यस कार्यले स्थानीय उत्पादनकाे प्रचार प्रसार र विक्रि तथा बजार ब्यवस्थापनमा सहयोग पुग्ने गाउँ पालिका अध्यक्ष प्रेम बहादुर भुजेलले विश्वास ब्यक्त गर्नु भयो ।उहाँका अनुसार ,`बुद्ध चित्त माला र रुद्राक्षलाई भिमसेन स्थानकाे प्रतिककाे रुपमा प्रचार गर्न सके विक्रि गरि राम्रो आम्दानी हुने र स्वराेजगारकाे बाटो खुल्न सक्ने छ।´ आज औपचारिक रुपमा मालाहरु  चढाइएर नयाँ सँस्कारको विकास स्थापित गर्न लागिएको र केहि नयाँ सन्देश दिन खाेजिएकाे उहाँको भनाई  रहेको

पालिकाकै महत्त्व बाेकेकाे ऐतिहासिक भिमसेन मन्दिरलाई धार्मिक पर्यटनकाे रुपमा विकास गर्ने र धार्मिक आस्थाकाे केन्द्रलाई संरक्षण गर्दै जानू पालिकाकाे प्रमुख लक्ष्य रहेकाे गाउँपालिका उपाध्यक्ष जितेन्द्र मान तामाङ (दावा) ले टुकी नेटवर्कलाई बताउनु भयो ।

मन्दिरमा प्रमुख अथिति लम्साल ,गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल, उपाध्यक्ष जितेन्द्र मान तामाङले संयुक्तरूपमा पूजा गर्नु भएको थियो । मेलामा जिल्लाका विभिन्न भेगका दर्शनार्थीकाे भिड लाग्ने गरेकाे छ साथै छिमेकि जिल्ला सिन्धुपाल्चाेक, रामेछाप, भक्तपुर र काठमाडौबाट पनि भक्तजनहरुकाे बाक्लाे उपस्थित रहने गरेकाे स्थानीयहरुले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *