समाचार

प्रधानमन्त्रीलाई विश्वासकाे मत दिन सांसदहरुलाई रास्वपाकाे निर्देशन

फाल्गुन ,२९
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिन आफ्ना सबै सांसदहरुलाई निर्देशन दिएको छ। आज संसदीय दलकाे बैठक बाेलाएर रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिन हि्प जारि गरेको हो ।

रास्वपा माओवादी र एमालेसँगकाे गठबन्धन सरकारमा सहभागी छ। उसले उप प्रधानमन्त्री सहित गृह र अन्य तीन मन्त्रालयकाे जिम्मेवारी पाएकाे  छ।

रास्वपाका २१ सांसद छन् । माओवादी अध्यक्ष प्रचण्डले रास्वपा ,एकीकृत समाजवादी ,एमाले र जसपालाई साथमा लिएर नयाँ गठबन्धन सरकार बनाएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *