समाचार

रास्वपाले जे गरेपनि आलोचना मात्र किन?केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव भण्डारी

फाल्गुन २२ मंगलबार ,२०८०

काठमाडौ । हालकाे सत्ता गठबन्धनको विषयलाई लिएर विभिन्न तहबाट राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा)लाई प्रहार हुन थालेकाे छ। मिसन ८४काे नारा लिइरहेको रास्वपा हिजाे एमाले र माओवादीकाे सत्ता गठबन्धनमा सहभागी भएपछि आलाेचना भएको हो ।

सामाजिक संजालहरुमा आइरहेको प्रतिकृयाहरु माथि विमति जनाउदै रास्वपा युवा नेता तथा केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन कुमार भण्डारीले प्रतिनिधि सभामा कुनै पनि दलको बहुमत नभएकोले एक्लै सरकार बनाउन कुनै पनि दलले सक्दैनन् त्यस कारण दलहरू मिलेर नै बहुमतको सरकार बन्ने संबैधानिक व्यवस्था भएकाले रास्वपा सरकारमा सहभागी हुनु स्वभाविक रहेको तर्क गर्नु भएको छ।

रास्वपाकाे नकारात्मक टिप्पणी गर्ने प्रती आक्राेश व्यक्त गर्दै मिसन ८४ भनिरहेको पार्टीलाई काम गर्ने अबसर दिए भुत्राको ८४ भन्दै अहिले पनि काम गर्न दिनु पर्ने धारणा राख्नु भएको छ।उहाँले अबसरवादि, भ्रष्टाचारी र कामचाेर नेता र दलहरुकाे ८४ पूजा नगरि चाहिँ देश बन्दैन भन्दै अब सरकारमा गएर केही मन्त्रालयमा भए पनि राम्रो काम गर्छु भन्ने पार्टीलाई भित्र र बाहिर दुबै तिरबाट साथै सामाजिक संजाल र संचार माध्यममा रोइलो गरेकाेमा आपत्ति जनाउनु भएको छ।

यस अधि रास्वपा सभापति रवी लामिछानेले सार्वजनिक सभाहरुमा अबकाे ४ वर्ष काङ्ग्रेस ,एमाले, माओवादी र अन्य दल मिलेर रास्वपा विरुद्ध लाग्न अनुराेध गर्दै ८४ मा पनि कसैसँग नमिल्ने र सशक्त प्रतिपक्षमा बस्ने र सबै राजनीतिक दल मिलेर देखाउन चुनौती दिनु भएको थियो ।

साथै केही समय अधि सांसद ताेसिमा कार्कीले माओवादीलाई लक्षित गर्दै” सत्र हजार प्लस दुई “लेखिएको प्ले कार्ड बाेकेर गरेकाे विराेध पनि विवादास्पद थियो । अरु दल प्रती कटाक्ष प्रहार गरिरहेकाे रास्वपा अहिले सरकारमा सहभागी हुँदा पक्ष र विपक्षीमा प्रतिकृयाहरु आइरहेका छन् ।

यसै प्रसंगलाई धारणा राख्दै नेता भण्डारीले प्रश्न गर्दै ,” आखिर रास्वापाले र रबि लामिछाने खास अर्थमा के चाहिँ गरिदिनु पर्ने हो ? पार्टी नै खोल्न नहुने हो र ? पुराना दलहरूले जे जे गरे पनि टुलु टुलु हेरेर बस्नु पर्ने हाे कि ? भ्रष्टाचार विरुद्ध र सुशासनको कुरा गर्न नहुने हो ? “भनी दलहरूलाई जवाफ दिन आग्रह गर्नु भएको छ।

उहाँले थप भन्नू भएको छ,”रास्वापाको उदयले पुराना दलहरूलाई पनि सुध्रिनु पर्ने बाध्यता छ । अनि नयाँ दलहरुले केही न केही त राम्रो गर्नुपर्ने नै छ । त्यसले देश र जनताको निम्ति राम्रो नै हुन्छ । पुराना दलहरू जस्तो ७ दशककाे अवधिमा रास्वपा पटक – पटक टेष्टेड भएको पनि छैन्। रास्वपाले जम्मा १ महिना सरकारकाे नेतृत्व गरेको हो , त्यसपछि बाहिनु परेको थियो । अबकाे दिनमा सरकारमा सहभागी हुँदा गृह मन्त्रालय सहित अन्य राम्रो मन्त्रालय लिएर राम्रो काम गर्न अबसरकाे सदुपयोग गर्नु पर्ने उहाँको सुझाव छ।” “

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *