समाचार

डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन सरकारद्वारा आग्रह

काठमाडौं, १५ असोज । सरकारले डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेको छ । देश अहिले कोरोनाविरुद्धको लडाईंमा रहेको भन्दै सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अनसन फिर्ता लिन आग्रह गरेका हुन् ।

‘असामान्य अवस्थामा अनसन बेला सुहाउँदो होइन कि ?’ आज मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने, ‘अहिले कोरोनाविरुद्ध लडौं, केही विषय भए पछि छलफल गर्न सकिन्छ ।’ देश असामान्य अवस्थामा रहादा अनसन गर्न उपयुक्त बेला नभएको समेत बताए ।

डा. केसीसँग भएका सम्झौता अनुसार सरकारले धमाधम काम गरिरहेको भन्दै कोरोनाविरुद्ध लडाईंमा साथ दिन आग्रह गरे । उनले जायज माग पूरा गर्ने र कार्यान्वयनमा समेत जान सरकार सधै जिम्मेवार बन्दै आएको दाबी गरे ।

चिकित्सा क्षेत्रको सुधारको माग राखी डा. गोविन्द केसी १९ औं पटकको अनसनमा छन् । कर्णालीमा पुगेर अनसन बसेका उनलाई काठमाडौं ल्याइएको थियो । डा. केसीको असनको आज १८ औं दिन हो ।-फाइल तस्वीर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *