समाचार
अनशनरत जिसस प्रमुख गौतमको स्वास्थमा समस्या

फाल्गुन १२ शनिबार
काभ्रे । आमरण अनशनमा बस्नु भएका जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमको स्वास्थमा समस्या देखिएको छ। धुलिखेल -खावा सडक बनाउन निर्माण कम्पनी गौरी पार्वतीले ढिला सुस्ती गरेपछि उहाँले शुक्रबार देखि अनशन सुरु गर्नु भएको थियो ।
प्रमुख गौतमको शरिरमा ग्लुकाेजकाे मात्र घटेकाे र शारीरिक कमजोरी बढदै गएको उहाँको सचिवालयले जनाएको छ।
निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीकाे कारण याे सडक भएर यात्रा गर्नु पर्ने यात्रु तथा यस क्षेत्रका नागरिकले सास्ती भाेग्दै आएका छन् । ठेक्का सम्झौता भएको २२ महिना बितिसक्दा पनि निर्माण कम्पनीको कामले गति लिन सकेको छैन।
यसअधि पनि पटकपटक ठेकेदार कम्पनी,सडक डिभिजन कार्यालय भक्तपुर , भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई ताकेता गर्नुका साथै प्रधानमन्त्री पुष्प कमल दाहाललाई ध्यानाकर्षण पनि गराइसकिएकाे छ।
आगामी चैत्र २९ गतेसम्म निर्माण कम्पनीको म्याद बाँकी छ। साे अबधि निर्माण कार्य पूरा नभए धुलिखेल – खावा सडक निर्माण कम्पनी गौरी पार्वतीकाे ठेक्का सम्झौता खारेज हुने समाचारहरु सार्वजनिक भइसकेका छन् ।

