समाचार

स्थानीयले गरे धुलिखेल- खावा सडक खण्ड अबरुद्ध

फाल्गुन १२ शुक्रबार ,२०८०
काभ्रेपलान्चोक । जिल्लाको धुलिखेल–खावा सडक खण्ड स्थानीयले बन्द गरेका छन् । निर्माण ब्यबसायीका कारण सडक निर्माण सम्पन्न नहुने भएपछी हिजाे जिल्ला समन्वय समितिका  प्रमुख दिपक कुमार गौतमले  आमरण अनसन शुरू गर्नुभएको थियो  ।

उहाँले शुक्रबार  २:३० बजेदेखि अरनिको राजमार्ग स्थित खावामा अनसन सुरु गर्नुभएको थियो  । धुलिखेलदेखि खावासम्मको जम्मा ४ किलोमिटर सडक विस्तारको काम सम्झौता अवधि यही चैत १९ गते सकिदैँछ । सडक निर्माण कम्पनीले २०७९ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो ।

पटकपटक दबाब दिदा पनि निर्माण कार्यले तिव्रता नपाएपछि अनसन स्थलबाट स्थानीयले सडक बन्द गरेका छन् । स्थानीयले सडक अबराेध गरेसँगै अरनिको राजमार्ग हुदै चल्ने सवारीसाधन चल्न पाएका छैनन् ।

जिसस प्रमुख गौतमले अनशस सुरु गर्नु भएपछि सराेकारवाला निकाएले  सुनुवाइ नभएसम्म  सडक बन्द गरिने धुलिखेल नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष विनोद गौतमले बताउनुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *