समाचार
स्थानीयले गरे धुलिखेल- खावा सडक खण्ड अबरुद्ध

फाल्गुन १२ शुक्रबार ,२०८०
काभ्रेपलान्चोक । जिल्लाको धुलिखेल–खावा सडक खण्ड स्थानीयले बन्द गरेका छन् । निर्माण ब्यबसायीका कारण सडक निर्माण सम्पन्न नहुने भएपछी हिजाे जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले आमरण अनसन शुरू गर्नुभएको थियो ।
उहाँले शुक्रबार २:३० बजेदेखि अरनिको राजमार्ग स्थित खावामा अनसन सुरु गर्नुभएको थियो । धुलिखेलदेखि खावासम्मको जम्मा ४ किलोमिटर सडक विस्तारको काम सम्झौता अवधि यही चैत १९ गते सकिदैँछ । सडक निर्माण कम्पनीले २०७९ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो ।
पटकपटक दबाब दिदा पनि निर्माण कार्यले तिव्रता नपाएपछि अनसन स्थलबाट स्थानीयले सडक बन्द गरेका छन् । स्थानीयले सडक अबराेध गरेसँगै अरनिको राजमार्ग हुदै चल्ने सवारीसाधन चल्न पाएका छैनन् ।
जिसस प्रमुख गौतमले अनशस सुरु गर्नु भएपछि सराेकारवाला निकाएले सुनुवाइ नभएसम्म सडक बन्द गरिने धुलिखेल नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष विनोद गौतमले बताउनुभएको थियो ।


