समाचार
किसानका निम्ति सरकारले बजार ब्यवस्थापनमा ध्यान दिनु पर्छ: राष्ट्रपति रामचन्द्र पौडेल

फाल्गुन ४ शुक्रबार ,२०८०
काभ्रेपलान्चोक । राष्ट्रपति रामचन्द्र पौडेलले किसानहरुका निम्ति सरकारले बजार व्यवस्थापन ध्यान दिनु पर्ने बताउनु भएको छ। शुक्रबार काभ्रेको बनेपामा आयाेजित बृहत काभ्रे कृषि महाेत्सवलाई सम्वाेधन गर्दै कृषकले उत्पादन गरेका कृषि बस्तुहरु बिचौलियाले आफू खुशि मूल्य ताेक्दा कृषक मारमा परेको बताउनु भयो ।
उहाँले भन्नुभयो ,” जबसम्म कृषक र उपभोक्तकाे सिधा सम्पर्क हुदैन तबसम्म कृषकले सहि मूल्य पाउदैन त्यसका लागि सरकारले कृषि बजार व्यवस्थापनमा ध्यान दिनु जरुरी रहेको छ ।राजनीति परिवर्तन पछि देशकाे अबकाे अाबाश्यकता भनेकाे आर्थिक सम्वृदि ,विकास र शान्ति नै हो ।मुलुकमा राेजगारि बढाएर आयात घटाउने र निर्यात बढाउने तर्फ निति निर्माता याेजनाविद र सरकारले काम गर्नु पर्न भन्दै श्रम गर्नेकाे सम्मान गर्ने संस्कृति विकास गर्नु पर्ने धारण राख्नु भएको छ। “
उदघाटन सत्र कार्यक्रमकाे अध्यक्ष्ाता जिल्ला समन्वय समिति काभ्रेका प्रमुख तथा बृहत काभ्रे कृषि महाेत्सव मुल आयाेजक समितिका संयाेजक दिपक कुमार गौतमले गर्नु भएको थियो । कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री सालिकराम जमरकट्टेल, काभ्रेका संघीय सांसद गाेकुल बास्काेटा , बागमती प्रदेशका कृषि तथा पशुपन्छि विकास मन्त्री डा. राजेन्द्र मान श्रेष्ठ ,श्रम राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल , काभ्रे जिल्लाका प्रदेश सांसदहरु ,नगरपालिका तथा गाँउपालिकाका प्रमुख तथा उपप्रमुखहरु ,काभ्रेका प्रमुख जिल्ला अधिकारी सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरुकाे उपस्थिति रहेको थियो ।
दुई सयवटा भन्दा बढि स्टलहरु रहेको महाेत्सवमा दैनिकी राष्ट्रिय स्तरका कलाकारहरुकाे संागितिक प्रस्तुति रहने बृहत काभ्रे कृषि महाेत्सव सात गते सम्म चल्ने छ।