समाचार

को हुन् विद्या भट्टराईको झोला बोकिदिने युवा ?

काठमाडौं । मंसिर १४ मा हुने उपनिर्वाचनको मनोनयन दर्ताको क्रममा देखिएको एउटा तस्वीर अहिले जताततै चर्चा बढीरहेको छ। विशेषगरी सामाजिक सञ्जालमा भाइरल बनेको उक्त तस्वीर कास्की क्षेत्र नं.३ का उम्मेदवार विद्या भट्टराईको हो । उनले आफुले बोक्ने ब्याग (झोला) एक युवालाई बोकाएको प्रति निक्कै टिका टिप्पणी भइरहेको छ ।

सामाजिक सञ्जालमा चुनाव नजित्दै आफ्नो झोला बोक्न नसक्ने नेताबाट जनताले के अपेक्षा गर्ने भनेर उम्मेदवार भट्टराईको आलोचना गरेका छन् भने कसैले महिलाको झोला एक युवकले बोकेको भन्दै अनेकन आलोचना गरिरहेका छन। धेरैले भट्टराईले कायकर्तालाई झोला बोकाएको भनेता पनि उक्त झोला बोकिदिने अरु कोही नभएर स्व.रविन्द्र अधिकारीका माइला भाई दिपेन्द्र अधिकारी हुन् ।

दिपेन्द्र लामो समयदेखी जापान बस्दै आएका थिए । विद्याले नेकपाले कास्की क्षेत्र. ३ बाट उम्मेदवार घोषणा गरेसंगै उनी भाउजुलाई सघाउन नेपाल आएका हुन् । विद्याको एउटा खुट्टामा समस्या रहेकाे र सहयाेगका लागि दिपेन्द्रले झोला बाेकिदिएकाे स्राेतले जनाए काे छ । तस्बिर : सामाजिक संजालबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *