समाचार

मान्छेमात्रै पक्राउ गरेर हुन्न, ठोस परिणाम पनि हात लगाउनुप¥यो : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं २ साउन । ३३ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ ।

प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्तिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ ।

गत असार ११ गते बेलुकी प्रधानमन्त्री ओलीसँग भेट गरी समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलसहितले समितिको कामकारबाहीबारे जानकारी गराएका थिए ।

समितिका पदाधिकारीले अनुसन्धान प्रक्रिया अघि बढाउन अन्य आरोपितहरूलाई पनि गिरफ्तारी गनुपर्ने प्रधानमन्त्रीसँग बताएका थिए ।

‘प्रधानमन्त्रीज्यूले हराएको ३३ किलो सुन किन नभेटिएको ? मानिसमात्रै पक्राउ परिरहेको तर सुनको अवस्था के हो भन्ने जनताले थाहा नपाएको भन्ने विषयमा जिज्ञासा राख्नुभएको थियो,’ अनुसन्धान समिति स्रोतले भन्यो, ‘उहाँले मान्छेमात्रै पक्राउ गरेर हुन्न, ठोस परिणाम पनि हात लगाउनुप¥यो भन्नुभयो ।’ –नागरिक दैनिकबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *