खेलकुद

ब्राजिललाई हराउँदै क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

मंसिर २३
काठमाडौं । पेनाल्टी शूट आउटबाट लगातार ब्राजिललाई हराउँदै क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको क्वाटरफाइनल खेलमा क्रोएसियाले पेनाल्टिमा ब्राजिललाई ४-२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

चौथो नम्बरमा पेनाल्टी प्रहार गरेका मार्क्विन्होसको प्रहार पोष्टमा लागेपछि क्रोएसियाको जित निश्चित भएको थियो । त्यसअघि निर्धारित ९० मिनेटमा दुई टोलीले गोल गर्न नसकेपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।

पहिलो हाफमा ब्राजिलले गोलका लागि लगातार प्रयास गरेपनि क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले निर्धारित ९० मिनेटमा ब्राजिलका ८ सेभ गरेका थिए । पहिलो हाफमा ब्राजिलले क्रोएसियामाथि लगातार आक्रमक गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *