समाचार
मंसिर ४ काे निर्वाचन, निर्वाचन जस्तो नभएको ओलिकाे आराेप

मंसिर ,१३
काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपि शर्मा ओलिले यसपालिकाे निर्वाचन निर्वाचन जस्तो नभएको बताउनु भएको छ।
राष्ट्रिय जनसास्कृतिक महासंघले आयाेजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सहभागी ओलिले याे निर्वाचन मान्छे मारेर गरेकाले निर्वाचन जस्तो नभएको बताउनु भएको हो ।
उहाँले भन्नू भयो -” एमालेले कम सिट ल्यायाे भन्नू बेकार छ , किन भने निर्वाचनका समयमा गठबन्धनले जताततै हुलदंगा गर्दै मान्छे मार्न पनि पछि परेको छैन । कतैबाट त्यस्ता गतिविधिकाे प्रतिकार भएन्।”
अन्तरास्ट्रिय समुदायले पनि केही नबाेलेकाे भनी ओलिले आक्राेस व्यक्त गर्नु भएको छ।
त्यहि कार्यक्रममा हिजाे काठमाडौ महानगरपालिका सुकुम्बासी बस्तिमा भएको घटना प्रती व्यङ्ग्य गर्दै मेयर बालेन शाहकाे आलाेचना गर्नु भएको छ।
