समाचार
रौतहट ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी

मंसिर , ८
काठमाडौं। रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उमेदवार प्रभु साह निर्वाचित हुनु भएको छ । साहले निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पराजित गरे।
साह ३२ हजार ४३७ मतसहित विजयी भएको निर्वाचन अधिकृत मेघनाथ चापागाईंले जानकारी दिए। साहका निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र ओमप्रकाशले २५ हजार २०० मत पाउनु भयो । साह यस क्षेत्रबाट निरन्तर जित्दै आउनु भएको छ।
साहकाे यो लगातार चौथो जित हो। २०६४ सालदेखि साहले यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै आउनु भएको छ । नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
साह २०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य रहनु भएको थियो । संविधानसभामा २०६४ र २०७० मा रौतहट ३ बाट निर्वाचित र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित हुनु भयो ।ृ तत्कालीन नेकपा विभाजित भएपछि एमालेतर्फ लागेका साहको सांसद पद खारेज भएको थियो।
,
