समाचार

कोरियामा ‘एक नेपाली को मृत्यु’

सोल / दक्षिण कोरियामा कार्यरत एक नेपालीको औध्योगिक दुर्घटनामा परि ज्यान गएको छ। ज्यान जानेमा ख्वाङ्जुमा कार्यरत ओखलढुङ्गाका विमान राई रहेको कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लिराम बास्तोलाले जानकारी दिए।

गत हप्ता काम गर्ने क्रममा दुर्घटनामा परेका राईको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो। राईका परिवारका सदस्य कोरिया आइसकेकाले आवश्यक प्रक्रिया पुर्‍याएर शव नेपाल पठाइने सोलस्थित नेपाली दूतावासले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *