समाचार

महालक्ष्मी विकास बैंकद्वारा अनलाइन खाता सेवा सञ्चालन

काठमाडौँ २० जेठ : महालक्ष्मी विकास बैंक (MLBL) ले कोरोना भाइरसका कारण सृजित असहज परिस्थितिमा ग्राहकको सुविधालाई ध्यानमा राख्दै अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले सञ्चालनमा ल्याएको यस सेवाबाट महालक्ष्मी विकास बैंकमा खाता खोल्न चाहने स्वदेश तथा विदेशमा रहेका ग्राहकहरुले कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै अनलाइन खाता खोल्नका लागि आवेदन दिन तथा खाता खोल्दा आवश्यक कागजात सजिलै पेश गर्न सकिने व्यवस्था रहेको छ।

बैंकको वेवसाइट www.mahalaxmibank.com.np मार्फत महालक्ष्मी अनलाईन सेभिंग देशभर रहेका १०२ वटा शाखाबाट सजिलै खाता खोल्न सकिनेछ। अनलाइन खाता खोलेपछि ग्राहकको खाता नं र आवश्यक जानकारी फारममा उल्लेख गरेको इमेल ठेगानामा पठाइनेछ।

खाता खोल्न बैंकसम्म पुग्न नपर्ने र समयको बचतसँगै ग्राहकहरुले घरबाट नै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा प्रयोग गर्न सक्नेछन्। बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकलाई लकडाउनको नियम पालना गरी घर भित्रै बसेर विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ।मेरोलागानी File photo

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *