समाचार

सुनको अन्डा दिने थाहा पाएपछि जव र्जस्ती छोरी तानातान ! बुवा पक्षको वकिलले खोले अदालतमा भएको सम्पूर्ण कुरा

अहिले सामाजिक संजालमा एउटा घटनाले निकै चर्चा पाईरहेको छ । एक वर्ष अगाडी सम्बन्ध बिच्छेद गरेका ललितपुरका विजय सुबेदी र उनकी पुर्व पत्नी श्रेया कार्कीबीच छोरी खुसी सुबेदीका लागि ताना तान भइ रहेको छ । उच्च अदालतबाट बच्चा आमासंग जान्न भन्दै रुदै कराउदै गर्दा पनि आमाको तर्फमै फैशाला गरेपछि श्रीमान र श्रीमती दुवै मिडियामा आएका छन् ।

११ महिनाकी हुदा छोरीलाई सासु ससुरालाई छोडेर गएकी आमाले अहिले ६ वर्ष हुदा खोसेर लगेपछी ललितपुर स्थित बालकुमारीमा रुवाबासी चलेको छ । लण्डनमा जन्मिएकी छोरीलाई राम्रो स्याहार नपुगेर काठमाडौँमा ११ महिनाको हुदा देखि आमा बुवासंग छोडेर गएको भन्ने खुलासा भएको छ ।

सो बिषयको बारेमा विभिन्न व्यक्तिहरुले आफ्नो प्रतिक्रिया दिईरहेका छन् र अनेक प्रश्न पनि उठीरहेका छन् । यसैबीच विजय सुबेदीको तर्फाबाट मुद्दा लडेका अधिवक्ता विजय कुमार बस्नेतले पनि आफ्नो धारणा ब्यक्त गरेका छन् । अदालतको आदेश अनुसार आमाको साथमा रहेकी खुसी उनकी आमा श्रेयाको साथमा रहनुमा श्रेयाको स्वार्थ देखिएको बताएका छन् ।

हजुर बुवा-आमासँग ११ महिनाको हुँदा छोरि छोडेर गएकी आमाले नेपाल आएको २ महिनामा फेरी नाबालिक छोरि छोडेर गएको र बच्चाको माया ममता भएको भए त्यसरी कोहि पनि आमा जान नसक्ने कुरा उल्लेख गरेका छन् । श्रेयाले जे गरिन् त्यो आफ्नो बच्चाको माया हुने आमाले कहिल्यै पनि त्यस्तो गर्न नसक्ने बताउदै प्रमाणको आधारमा छोरी आफ्नो घरमा हुँदा एक पैसाको पनि खर्च नगरेको हुँदा अहिले आमाकै स्वार्थ देखीएको बताएका छन् ।

लन्डन सरकारले पैसा दिन्छु भनेपछि छोरी खोसेर लागेको उनको भनाइ छ । अधिवक्ता बस्नेतले एउटा बुद्धिजीवि-पढेलेखेको मान्छे भएपनि उनका पतिका घर परिवारका सदस्य कसरि हुन्छ खत्तम भएको देखाउन खोजेको बताएका छन् । जन्म दिँदैमा कतिपय आमाहरुले बच्चाको ह’त्यासम्म गरेको घ’टनाको उदाहरण दिँदै बस्नेतले अदालतको आदेश पश्चातपनि बच्चामाथि ज्यादती भएको बताएका छन् । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *