समाचार

सु’त्केरी हुन नसकेर छ’टप’टाइ रहेकी महिलाको यसरी गरियो उ’द्धार

रारा, मुगु – आइतबार देखि सुत्केरी हुन नसकेर छ’टपटा’इ रहेकी एक महिलाको उद्घार गरिएको छ । मुगु जिल्लाको विकट गाउँ पालिका मुगुमका मारोङ्ग गाउँ पालिका–८ माग्री गाउँकी ३४ वर्षीया कार्मायाङ्ग जुमलामाको लामो समयको सुत्केरी ब्यथाबाट स्वास्थ्य अवस्था कमजोर भएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकप्टरद्वारा उद्धार गरिएको हो ।

आइतबार बिहानबाट सुत्केरी ब्यथा लागे पनि सोमबारसम्म सुत्केरी हुन नसक्दा लामाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नाग रिक मन्त्रालयले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयो ।

आइतबार बिहानदेखि सुत्केरी ब्यथा लागे पनि आज अपराह्नसम्म सुत्केरी हुन नसकेपछि प्रसूति गृहमा कार्यरत स्वास्थ्य कर्मीले जिल्ला अस्पताललाई जानकारी गराएको र जिल्ला अस्पतालका चिकित्सकको सल्लाहमा उहाँलाई पठाइएको माङ्ग्रीगाउँका स्थानीयवासी एवं स्वास्थ्यचौकी पुलुका इञ्चार्ज गुरुछोर्देन लामाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार गएको वैशाखदेखि हालसम्म पाँच जना महिलाको हेलिकप्टर मार्फत उ’द्धार गरिएको छ। जिल्ला सदरमुकाम ल्याउन पाँच घण्टा कठिन बाटोको यात्रा गर्नुपर्ने भएपछि तत्काल महिलाको उद्घारका लागि मन्त्रालयमा सिफा रिस पठाएको र सोहीअनुसार हेलिकप्टरबाट उद्घार गरिएको प्रजिअ घिमिरेले बताउनु भयो ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *