समाचार

१५ लाख घुससहित समातिए तीनजना इन्जिनियर

काठमाडौं : भक्तपुरबाट शुक्रबार साँझ १४ लाख ६८ हजार घुससहित सिचाइँ कार्यालय दोलखाका प्रमुख र अर्का इन्जिनियर पक्राउ परेको भोलीपल्ट शनिबार बर्दियाबाट तीनजना इन्जिनियर घुससहित समातिएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार शनिबार दिउँसो तीनजना इन्जिनियर १५ लाख रूपैयाँ घुससहित बर्दियामा पक्राउ परेका छन्। कर्णाली नदी नियन्त्रण आयोजनाका तीनजना इन्जिनियर कमल सिटौला, विशेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीई अख्तियार दुरूपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले १५ लाख रूपैयाँ घुससहित एकसाथ पक्राउ गरेको हो।

कोइरालाका अनुसार तीनैजनालाई बर्दियाको गेरुवा गाउँपालिकाबाट सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो। ‘अहिले मुचुल्का उठाउने काम भइरहेको छ’, कोइरालाले भने, ‘अख्तियारको टोली गेरूवामै रहेकाले विस्तृत विवरण प्राप्त हुन केही समय लाग्छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *