समाचार
धरानमा बालिका बलात्कार अभियोगमा युवक पक्राउ
धरान / बालिका बलात्कार गरेको अभियोगमा धरान ६ का एक युवक धरान प्रहरीले पक्राउ गरेको छ । धरान १७ की एक बालिकालाई ललाइफकाई बलात्कार गरेको अभियोगमा धरान ६ का २१ बर्षीय युवराज कार्कीलाई प्रहरीले प्रक्राउ गरेको हो । असार २९ गते बलात्कार गरेका कार्कीलाई पीडितकी ठूली आमाले साउन ४ गते जाहेरी दिएपश्चात प्रहरीले उनलाई साउन ९ गते प्रक्राउ गरेको थियो । प्रक्राउ परेका कार्कीलाई जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

