समाचार

जलवायु परिर्वतन सम्बन्धिका मुख्य एजेन्डाहरूलाइ स्मरण गराउन इटहरीको तालतलैया बाट ‘१२ घन्टे मौन सन्देश विश्वलाई ‘

इटहरी / दश वर्ष अघाडी नेपाल सरकारले कालापत्थर बैठकमा गरेकाे जलवायु परिर्वतन सम्बन्धिका मुख्य एजेन्डाहरूलाइ स्मरण गराउन इटहरीका शय भन्दा बढी युवाहरू बिहीबार १२ घण्टे माैन ब्रत बसेका छन । सुनसरीकाे इटहरी स्थित पर्यटकियस्थल तालतलैयामा भेला भएर एक शय बढी युवाहरूले ‘बाह्र घन्टे मौन सन्देश विश्वलाई’ भन्ने शन्देस सहित ब्रत सुरू गरेका हुन । युवाहरूले बिहान ५ बजेबाट सुरू गरेकाे साे माैन कार्यक्रा साझ ६ बजे समापन गरिने अायाेजकले जानकारी दिएकाे छ ।

नेपाल सरकारकाे मन्त्री परिषदले काला पत्थरमा गरेकाे जलवायु परिवर्तन सम्बन्धि भएका सम्झाैताहरू पुरा गराउन स्मरण गराउने उद्येश्य सहित माैन कार्यक्रम राखिएकाे अायाेजक तर्फका सचिव सुनिल कार्किले बताए । मौन सन्देश भएकोले कुराकानी नगरी १२ घण्टा सम्म मौन ब्रत बस्ने कार्कीले जानकारी दिए । विश्वलाई जलवायु परिवर्तनका विषयमा जानकारी गराउन र जलवायु परिवर्तनका प्रभाव वाट बच्न ‘बाह्र घन्टे मौन सन्देश विश्वलाई’ प्रभावकारी हुने इटहरी उपमहानगरपालीका वातावरण अधीकुत पुष्प नारायाण चौधरी बताउछन ।

उक्त समयमा एक अर्कालाइ हेर्न र हातले इशारा गर्ने तथा कपि एवम डटपेनले लेखेर सहयाेग गर्न सकिने जनाइएकाे छ । त्यस्तै १२ घण्टा सम्म माैन बस्दा हुले अालस्यतालाइ हटाउन खेलकुद सामग्रीहरू राखिएकाे जसमा ब्याटमिन्टन , चेस , लुडाे , कविता लेखन , चित्रकला जस्ता कृयाकलापहरू हुने जनाइएकाे छ ।

२०६६ मङ्सिर १९ गते तत्कालीन माधव नेपाल नेतृत्वको सरकारले ५२४२ मिटरको उचाहिमा २० मिनेट कालापत्थर बैठक गरेको थियो । एक दश अगाडि भएको मन्त्रीपरिषद् बैठकहरूले जलवायु परिवर्तनले नेपाल जस्तो हिमालयन देशमा सङ्कट आएको भन्दै विश्व समुदायको ध्यान खिचेका थिए । विश्वको सबैभन्दा अग्लो स्थानमा मन्त्रीपरिषद् बैठक गरेर नेपालले २०६६ मङ्सिर २२ देखी पुस ३ सम्म डेनमार्कको राजधानी कोपनहेगनमा हुने विश्व जलवायु सम्मेलन अगाडि विश्वको ध्यान तानेका थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *