समाचार
मोरङको केराबारीमा सर्पले टोकेर बालिकाको मृत्यु
केराबारी । मोरङको केराबारी–१० की १३ वर्षीया बालिका एलिना राईलाई सर्पले टोक्दा उनको मृत्यु भएको छ । राति शौच गर्न गएकी बालिकालाई सर्पले टोकेको थियो । बालिकालाई उपचारार्थ स्थानीय मेडिकलमा लाँदा मात्र सर्पले टोकेको पत्ता लागेको थियो । सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपचारका लागि झापाको आम्दा अस्पताल पुर्याएलगत्तै बालिकाको मृत्यु भएको मृतकका अभिभावकले जानकारी दिएका छन । नौ वर्षअघि बुबाको मृत्युपछि बालिका मावली घरमा बसेर स्थानीय विद्यालयमा पढ्दै आएकी थिइन् ।

