समाचार
कपडा झुण्डाउनका लागी हो भन्दै पसलेलाई झुक्याएर पुडासैनीले डोरी किनेको रहस्य खुल्यो
माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्युपछि आत्महत्या प्रकरणमा प्रहरीले तिब्र गतिमा अनुसन्धान गरिरहेका बेला पुडासैनीले आत्महत्याका लागी डोरी किनेको पसल र भिडियो प्रहरीले फेला पारेको छ । पत्रकार पुडासैनीले कपडा सुकाउन लागी भनेर डोरी मागेको भिडियो फुटेजमा देखिएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त सिसिटिभी फुटेजमा पुडासैनीले ५ मिटर लामो डोरी लगेको समेत देखिएको स्रोतको दाबी छ । पसलेले खुद्रा बेच्न नमिल्ने जवाफ दिएपछि लामो समयसम्म आग्रह गरेर पुडासैनीले डोरी लगेको देखिएको भिडियो फुटेजमा दृश्य देखिएको प्रहरीको भनाई छ । बसपार्कबाट डोरी किनेर गएका उनलई राती ८ बजे खाना खान बोलाउन जाँदा ढोका नखोलेपछि होटल संचालकले प्रहरीलाई खबर गर्दा उनी झुण्डिइरहेको अवस्थामा फेला परेका थिए ।
अनुसन्धानका क्रममा उनको साथमा रहेको भिडियो एक्कासी बाहिर आएपछि उक्त भिडियोले तरंग नै पैदा गरेको छ । सोही भिडियोमा उनले आत्महत्या गर्नु अघि पत्रकार रवि लामिछानेसहितका अन्य दुई व्यक्तिको नाम लिएपछि प्रहरीले ३ जनालाई काठमाडौँबाट पक्राउ गरेर चितवनमा अनुसन्धानका लागी भन्दै अदालतको आदेशमा ५ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्दैछ ।



