समाचार

आफ्नै मृत्यु दर्ताको प्रमाणपत्र बोकेर रुदै घर आएपछि…

दैलेख : सुन्दा अनौठो लाग्न सक्छ जीवित मान्छेले आफ्नै मृत्यु दर्ताको प्रमाण पत्र बोकेर रुदैँ घर आएकाे घटनाले। यो कुनै सिनेमामा देखाइएको काल्पनिक कथा भने होइन। अनाैठो छ याे घटना दैलेखका एक जीवित दम्पतीले मृत्यु दर्ताको प्रमाण पत्र बाेकेर हिडेकाे। जिल्लाको भगवतीमाई गाउँपालिकाले ती जीवित दम्पतिलाई मृत्यु दर्ताको प्रमाण पत्र दिइएको छ। जीवितै रहेका सोही गाउँपालिकाका ४ का नानकला खत्रीका बुबा मनिराम खत्री र आमा जोतिकला खत्रीको मृत्यु दर्ता प्रमाणपत्र स्थानीय सरकारले बनाई दिएको छोरी नानकला केसीले बताइन्। गत मंसिरमा दाइको परिवार दैलेखको भगवतीमाई गाउँपालिका ४ बाट बसाइँ सराई गरी बाँसगढी नगरपालिका ५ मा आएको थियो। पीडितकी छोरी नानकला केसीले भनिन,’ मंसिर मै वृद्धभत्ताका लागि कागजात मिलाइ दिन भनेर बुवा आमाले उत्त गाउँपालिकामा कागजात पेश गर्नु भएको रहेछ।’ सामाजिक सुरक्षा भत्ता पाउने समय आयपछि पहिले बसेको गाउँपालिकाबाट कागज पत्र मिलाएर पठाउनु पर्ने भएकाले असार महिनामा केही दिन भाउजु भगवतीमाई गाउँपालिकामा धाउनु भयो। नानकलाका अनुसर भाउजुलाई आज हुन्छ।

भोलि हुन्छ भन्दै त्यहाँका कर्मचारीले अल्मल्याएछन्। पुन फोनबाट जानकारी लिँदा गाउँपालिका ४ का वडा सचिव र कम्प्युटर अप्रेटरले आफूले कागज पत्र बनाएर पठाइसकेको बताए। ‘तर उनीहरूले सामाजिक सुरक्षा भत्तको कागज मिलाएर पठाउनु पर्ने ठाउँमा मेरा जीवितै आमा बुबाको मृत्यु दर्ता पो गरीदिएछन’, छोरी नानकलाले दुखेसो पोखिन। छोरी नानकलाले भनिन,’दैलेखबाट सबै कागजात पठाइसकेको छु भनेपछि बर्दियाको बासगडी नगरपालिका ५ मा आउँदा केही दिन कागज मिलाउँदै छौँ पछि आउनु भने गाउँमा सामाजिक सुरक्षा भत्ता बुझने हल्ला चल्याो। असार २७ गते बिहान बडा कार्यालयमा जाँदा वडा सचिवले दैलेखबाट तपाइँहरूको मृत्यु दर्ताको कागज आएको छ। उनले भनिन्,’ सामाजिक सुरक्षा भत्ता बुझन पाउनु हुन्न तपाइँहरू घर जानुस् भने पछि मेरी आमा ना जवाफ भएर घर आउनु भयो। के भयो भनेर सोध्दा आमाले रुँदै हातको कागज देखाएर भन्नु भयो, ‘हामी मरी सकेका रहेछौँ। बुबा केही बोल्न सक्नु भएन।’के रहेछ भनेर बुझ्न जादा दैलेखबाट यस्तै पठाएको छ। हामी के गर्न सक्छौं बासगडी नगरपालिका ५ का सचिवले भने पछि आफू छांगाबाट खसे जस्तै भए दैलेखमा फोन गरेर सोध्दा सचिबले यताबाट राम्रो पठाएको बताए।

कागज राम्रो सँग हेर्दा बुबाको मृत्यु दर्ता २०७५ एक महिना १० गते र आमाको २०७५ बाह् महिना २५ गते हालेर पठाएका रहेछन।दैलेखको भगवतीमाई गाउँपालिका ५ का सचिवलाई गल्ती सुधारेर जाउ भन्दा आफूले गल्ती नगरेको बताउछन् नानकलाले भनिन्।गा उँपालिका अध्यक्ष दान बहादुर थापालाई बुझ्दा आफूलाई यो विषयमा कुनै जानकारी नभएको यस बिषयको तत्कालै छानबिन गर्छु भन्नु भयो असारको दस गतेको कुरा हो साउनको ५ गते भयो अहिले सम्म कुनै पनि जानकारी नआएको नानकलाले बताइन। गाउँका सोझा सामान्य लेख पढ नगरेका मेरा बुढा आमा बुबालाई मृत्यु बसाईसराई के थाहा।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *