समाचार

इटहरीमा श्रीमान श्रीमतीको एकै दिन मृत्यु

इटहरी / श्रीमतीको मृत्यु भएकै दिन श्रीमानको मृत्यु भयो भन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर इटहरीमा यस्तै अचम्मकाे घट्ना भएकाे छ । जुन घट्नाले इटहरी १३ खनारका स्थानीयलाइ अचम्बित बनाएकाे छ ।

इटहरी १३ की ७८ बर्षिय नर्वदा भट्टराईले मङ्गलबार किरब ८ बजे मृत्यु भयो । घर परिवारमा रुवाबासी थियाे । यसै बिच नर्वदाको ८६ बर्षिय श्रीमान टिकाप्रसाद भट्टराईको पनि मृत्यु भयाे । उनकाे हर्ट अट्याक भएर मृत्यु भएको आफन्तले बताएका छन ।

एकै परिवारमा अनौठो मृत्यु भए पछि गाउँलेहरु अचम्ममा परेका छन । स्थानीयले यसरी श्रीमान श्रीमतीको सँगै मृत्यु हुनु राम्रो भएको भन्दै खनार देखि इटहरीको बुढीखोला सम्म दुवैकाे शबलाई परिक्रमा गराए । उनिहरूकाे एकै चितामा दाहसस्कार गरेको आफन्त विकास भट्टराईले बताए ।

एकै दिन हजुरबा र हजुरआमाको मृत्यु भएको देख्दा अचम्म लागेकाे विकास बताउछन् । यस्तो घट्ना कमै मात्र हुने गरेको भन्दै गाउँलेहरु अचम्बित बनेका छन । एउटैै तिथिमा एकै परिवारको श्रीमान श्रीमतीको मृत्यु हनु अनौठो हो भएकाे मलामिहरूले बताए । इटहरी स्थित मुक्ति घाटमा एकै चितामा दुई शब जलाईएकाे थियाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *