समाचार
बेतना सिमसारको माछा मार्नेको भीड
बेलबारी । केही दिनदेखिको लगातारको वर्षाका कारण मोरङको बेलबारीमा रहेको पर्यटकीय क्षेत्र बेतना सिमसारबाट बगेर गएका माछा मार्ने स्थानीयको भिड बढेको छ ।
पोखरीमा पानी भरिएपछि सोही पानी सँगै पोखरीका माछा बगेर जाने गरेका छन । बिगत २ दिनदेखि सो क्षेत्रमा माछा मार्न सयौँ स्थानीय जुटेका छन । बेतना सिमसार सामुदायिक बन समुहले पोखरीका माछा मार्न हरेक बर्ष टेण्डर आब्हान गर्ने गरेको भएपनि पोखरमिा पानी भरिएपछि पानी सँगै माछा बाहिर जाँदा स्थानीयलाई माछा मार्न सहज भएको छ ।


