समाचार

बिमला अर्को रहस्य बाहिरियो,श्रीमान रुदै मिडियामा,प्रहरी माथिनै यस्तो आरोप

बिमला अर्को रहस्य बाहिरियो,श्रीमान रुदै मिडियामा,प्रहरी माथिनै यस्तो आरोप

21SHARES

राजधानीको बौद्धस्थित समता अस्पतालकी सरसफाई कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा शव भेटिएको घटना थप रहस्यमय बन्दै गएको छ ।घटनाको सत्य, तथ्य छानविनको माग गर्दै विमलाका परिवार तथा निर्मला हत्या-काण्ड संघर्ष समितिले स्वतन्त्र छानविन समिति बनाएर सत्यतथ्य पत्ता लगाउन माग गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर समितिले घटनाको यथार्थ लुकाएर अन्याय गर्न खोजिएको भन्दै छानविन गर्न माग गरेको हो ।तामाङको शव झुण्डिएको अवस्थामा असार ३ गते अस्पतालकै एक कोठामा फेला परेको थियो ।रामेछाप, दोरम्बा घर भएकी विमलाले आत्महत्या गरेको नभै हत्या भएको परिवारले जिकिर गर्दै आएको छ । तर प्रहरीको प्रारम्भिक रिपोर्टमा भने आत्म-हत्या नै उल्लेख गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *