समाचार
बेलबारी र केराबारीमा आगलागी,लाखौको क्षति
बेलबारी । मोरङ र उदयपुर जिल्लामा आइतवार भएको आगलागीबाट अन्दाजी ११ लाख मूल्य बराबरको क्षति भएको छ । बेलबारी नगरपालिका वडा नम्बर ९ का कृष्णप्रसाद भटराइको घरमा आगलागी हुँदा ५० लाख मुल्य वरावरको क्षति भएको बेलबारी प्रहरीले जनाएको छ ।
आगलागीमा सुन सहित अन्नपात, लताकपडा, सहित नगद जलेको प्रहरीले जनाएको छ । आगलागी पिडित परिवारलाई बेलबारी नगरपालिकाले राहत स्वरुप ग्याँस सिलिण्डर,,चुल्हो,चामल अन्नपात तथा लत्ताकपडा बितरण गरेको छ । यसैबिच बेलबारी जेसिजले समेत आईतबार राहत सामाग्री उपल्बध गराएको छ ।

उता मोरङको केरावारी गाउँपालिका १ पाटीगाउँमा मणीराज लिम्बुको काठको बेरा, टिनको छानो भएको २ तले घरमा अपरान्ह ६ बजे बिद्युतको तार सर्ट भइ आगलागी हुँदा घर सहित घर भित्र रहेको खाद्यान्न, लत्ताकपडा, अन्नपात र भाडावर्तन जलेर नष्ट हुँदा अन्दाजी ७ लाख मूल्य बराबरको क्षति भएको हो ।
आगो राती ८ बजे प्रहरी र स्थानियवासीको सहयोगमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ । त्यसैगरी उदयपुरको ताप्ली गाउँपालिका(४ ठानागाउँ(लखनडाँडा बस्ने मोहन मगरातीको ढुंगा, माटोले बनेको फुसको छानो भएको २ तले घरमा चुल्होबाट आगलागी भई घर सहित घर भित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट हुँदा अन्दाजी ४ लाख मूल्य बराबरको क्षति भएको हो । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

