समाचार

उपचारलाई १५ लाख रुपैयाँ चाहियो तर त्यो पनि नभएर बिचारा यी नेपाली क्रिकेटरको यस्तो अवस्था

डडेल्धुराको आलिताल गाउँपालिका–६ का २६ वर्षीय केशव सिंह नेपाली क्रिकेट खेलाडी हुन् । देशको नाम उचो राख्नका लागि कडा मेहनत गर्ने सोच बनाएका उनलाई आफैमाथी बज्रपात पर्यो । थाहै नपाई उनलाई क्यान्सले थला पार्यो । अहिले उनी क्यान्सरको उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित राजिव गान्धी अस्पतालमा छन् ।

विभिन्न समयमा भएका क्षेत्रीय क्रिकेट प्रतियोगिता खेलिसकेका क्रिकेटर सिंह कलेजो र फोक्सोको क्यान्सरबाट पीडित छन् । उनले उपचारका लागि १५ लाख रुपैयाँ लाग्ने भन्दै सहयोग गर्न आग्रह गरेका हुन् । क्यान्सर पीडित यी क्रिकेट खेलाडीको आर्थिक अभावले उपचारमा समस्या भएको भन्दै सहयोगका लागि अधिकांशले अपिल गरिरहेका छन् । शुक्रबार व्यवसायी संघको ११औँ साधारणसभा एवं ८औँ अधिवेशनका लागि बसेको बन्द सत्रबाट निर्माण व्यवसायी संघ डडेल्धुराले उनलाई ११ हजार उपचार खर्च पठाउने निर्णय गरेको अध्यक्ष बलबहादुर गुरुङले बताए ।

सहयोग गर्न चाहने व्यक्ति वा संस्थाहरुले केशव सिंहको ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखामा रहेको खाता नम्बर १९०७०१०००२५६७ मा सहयोग रकम जम्मा गर्न सकिने परिवारले अपिल गरेको छ । यो अपिल पढिसकेपछि सम्भव भए आर्थिक सहयोग गरिदिनुहोला र त्यो सम्भव नभए सहयोगी मनसम्म पुर्याउँन भन्दै यो अपिल सेयर गरिरहेकाक छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *