समाचार

३८ थान राहदानीसहित इटहरीका मेनपावर व्यवसायी पक्राउ

इटहरी / इटहरीका ४५ वर्षीय विनोद खवासलाई विराटनगर विमानस्थलबाट प्रहरीले ३८ थान राहदानीसहित पक्राउ गरेको छ । विमानस्थलबाट ३८ थान राहदानी काठमाडौं पठाउन लागेको अवस्थामा खवास पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। श्रम विभागमा दर्ता भएका र राहदानी बोक्ने इजाजत भएका मेनपावर कम्पनिले मात्र यसरी राहदानी बोक्ने मिल्ने नियम छ । खवाससँग कुनै पनि इजाजत पत्र नभेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । खवास मेनपावर व्यवसायी हुन सक्ने बताइएको छ । पक्राउ परेका खवासलाई थप अनुसन्धान तथा कारबाहीका लागि विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा पठाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *