uncategorized
हुम्लामा मानसरोवर दर्शन गर्न गएका २ जना भारतीय तीर्थ यात्रीको लेक लागेर मृत्यु
हुम्ला, जेष्ठ–१५ । कैलाश मानसरोवर दर्शन गर्न गएका २ जना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । काठमाडौं, रसुवा केरुङ नाका हुँदै कैलाश मानसरोवर दर्शन गर्न गएका भारतको तामिलनाडुका ५९ वर्षीय कन्नान सोउनदर पण्डीयम र ६३ वर्षीय मुथुस्याम राथीना भेलुको मृत्यु भएको हाे ।

कैलाश मानसरोवर दर्शनका लागि गएका यात्रीको कैलाश परिक्रमा गर्ने क्रममा तिब्बतको तारचिन लेकमा लेक लागेर मृत्यु भएको शिभालय एडभेन्चरका गौतम बज्राचार्यले बताए । मृत्यु हुने दबैजना केरुङको बाटो भएर मानसरोवर कैलाश दर्शन लागि गएका थिए ।

मृतक कन्नानको लासलाई केरुङको बाटो भएर काठमाडौ लगिएको थियो भने मुथुस्यामको लासलाई हिल्साको बाटो भएर सिमकोट अस्पतालमा पोष्टमाटम गरी मृतककी श्रीमतीको अनुमतीमा हुम्लाको प्रशिद्ध तिर्थस्थल खार्पुनाथमा अन्तीम संस्कार गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।
मानसरोवर कैलाश दर्शनका क्रममा लेक लागेर मर्ने दुबै जना शिभालय एडभेन्चर प्रा.लि.बाट दर्शनका लागि गएका थिए ।