uncategorized

५० करोड सक्किएपछि कसले रोक्यो धरहरा निर्माणको काम ? भिडियोमा भयो खुलासा

१४ जेठ, काठमाडौं । स्थानीयवासीको अवरोधका बीच धरहराको पुनर्निर्माण काम सुचारु गराइएको छ । मंगलबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक (सीईओ) सुशील ज्ञवाली निर्माणस्थलमै पुगे ।सीईओ ज्ञवाली आफैं निर्माणस्थलमा पुगेपछि निर्माण कम्पनी जीआईईटीसी रमन जेभीले बाटो बन्द गरेर काम सुचारु गराएको हो ।

पैदलमार्ग खुलाउन माग गर्दै स्थानीयवासीले जेठ ३ गते शुक्रबार बिहानबाट धरहरा पुनर्निर्माणमा अवरोध गरेका थिए । साथै उनीहरुले बन्द गरिएको बाटो समेत जबर्जस्ती खुला गराएका थिए । गत ३ गतेयता धरहरा परिसर भित्रैबाट स्थानीयहरु खिचापोखरी, काठमाडौं मलतर्फ ओहोरदोहोर गर्दै आएका थिए ।

तर, मंगलबार निर्माण कम्पनी रमन जेभीले उक्त बाटो पुनः बन्द गराएर धरहरा टावरको राफ्ट फाउण्डेसनको काम सुरु गरेको छ । हालसम्म १३ प्रतिशत काम सकिएको र झण्डै ५० करोड खर्च भएको प्राधिकरणले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *